फेवातालमा फसेका दुई जनाको उद्धार

पोखराको फेवातालमा बिहीबार अपरान्ह अचानक आएको हावाहुरीका कारण तालको बिचमा फसेका दुईजनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

काठको डुङ्गामा अड्किएका रुपन्देहीको देवदह ११ का २२ वर्षीय मनिष विश्वकर्मा र देविनगर ११ बकुटवलकी २२ वर्षकी प्रिति सुनारलाई सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश टोलीले सकुशल उद्धार गरेको हो।

काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गरिरहेका उनीहरुलाई हावाहुरीले अप्ठेरोमा पारेपछि उद्धारका लागि हारगुहार गरेका थिए।

कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको विशेष विपद् व्यवस्थापन टोली उक्त घटना देख्ने वित्तिकै परिचालन भएको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार