सुनको मूल्य एकै दिन दुई हजार बढेर फेरि तोड्यो रेकर्ड

दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा दुई हजार बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार