बाढीपहिरोबारे सरकारलाई ज्ञापन पत्र बुझाउने विपक्षी दलको निर्णय

प्रतिपक्षी दलहरूले सरकारलाई आगामी कात्तिक ५ गते ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए ।

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र बाढीपहिरो लगायतका विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको हो ।

बाढीपहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने तयारी विपक्षी दलहरूको छ । ‘आगामी कात्तिक ५ गते प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउने निर्णय भएको छ,’ उनले भने ।

त्यस्तै, संसद्को विशेष अधिवेशनबारे पनि आजको बैठकमा छलफल भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार