‘कर्मा’ मा एक्सन अवतारमा देखिँदै विपिन कार्की

अभिनेता विपिन कार्की फिल्म ‘कर्मा’ मा अनुबन्धित भएका छन् । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा विपिन जिममा कसरत गरिरहेको देख्न सकिन्छ ।

यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । एक्सन-ड्रामा जनरामा बन्ने फिल्ममा सौरभकै कथा रहेको छ । यसमा विपिनलाई एक्सन अवतारमा देख्न पाइने उनको भनाइ छ । अन्य कलाकारहरू पनि छनोट कार्य जारी छ ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा बसन्त लम्साल निर्माता हुन् । फिल्मको छायांकन मंसिर दोस्रो सातापछि सुरू हुने बताइएको छ ।

चलचित्र ‘कर्मा’ले रिलिज डेट घोषणा गरेको छ । निर्माणपक्षका अनुसार ‘कर्मा’ चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार