गुडिरहेको सुमोबाट खसेर बालकको मृत्यु

काठमाडौँबाट दिक्तल गएको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ ।

ना १ ज ५७४३ नम्बरको सुमोको पछाडीबाट खसेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका ८ वर्षीय हेमन्त बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।

काठमाडौँबाट लगेका यात्रु दिक्तेलमा झारिसकेपछि चालक सुमो लिएर आफ्नो घर खाल्लेतर्फ जाँदै थिए ।

सोही क्रममा बालक सुमोमा झुण्डिएको तर आफूलाई थाहा नभएको चालकले प्रहरीलाई बताएका छन् । सुमोबाट झरेका बालक सडकमा पछारिएर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि काठमाडौँतर्फ ल्याउने क्रममा हलेसी नगरपालिकास्थित नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पहताल दिक्तेल लगिएको छ । सुमो चालक गोविन्द कटवाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानन गरिरहेको पनि डीएसपी विष्टले बताए ।

चालकले बालक आफूले थाहै नपाई झुण्डिएको भने पनि बालकका आफन्तले भने चालकले नै चढाएको दाबी गर्दै आएका छन् । यस विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार