रवि पक्राउको विरोधमा रास्वपा कार्यकर्ताको माइतीघरमा विरोध प्रदर्शन

पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

राजनीतिक पूर्वाग्रहमा सभापति लामिछानेलाई पक्राउ गरिएको निष्कर्ष निकालेको रास्वपाले शनिबार माइतीघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ुवर्तमान सरकार मुर्दावाद, सहकारी पिडितलाई न्याय दे, दोषीलाई च्याप्ने, निर्दोशलाई न्याक्ने, आई एम विथ रविु लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस क्रममा रास्वपा नेता शिशिर खनालले पार्टी सभापतिलाई पक्रेर सरकारले घृणित राजनीतिक क्रियाकलाप गरेको आरोप लगाए । राज्यशक्तिको स्रोतको दोहन गर्नेहरूले डराएर रवि लामिछानेलाई गलत आरोप लगाएर जबरजस्ती पक्राउ गरेको उनको भनाइ छ ।

उनले सहकारी छानबिन समितिले नै लामिछानेलाई निर्दोष किटान गर्दा पनि पक्राउ गर्ने र वास्तविकरूपमा ठगी गर्ने अन्य दलका नेतालाई उन्मुक्ति दिने काम भएकाले सडक आन्दोलन गर्नुपरेको जिकिर गरे ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो । त्यसलगत्तै रास्वपा आन्दोलित भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार