नेपाल र अमेरिकाबीचको खेल सुपर ओभरमा

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० क्रिकेट प्रतियोगिता सुपर ओभरमा पुगेको छ ।

अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा जारी खेल सुपर ओभरमा गएको हो ।

नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको छ ।

ओभरको अन्तिम बलमा जस्सी सिंह रनआउट भएपनि खेल सुपर ओभरमा पुगेको हो ।

त्यसअघि अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार