सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार