सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले घरेलु टोलीलाई सुपरओभरमा पराजित गरेको छ ।

आइतबार ड्यालसमा भएको खेलमा नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो ।

उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

जसमा नेपालले सहजै जित दर्ता गरेको हो । सुपरओभरमा अमेरिकाले दिएको तीन रनको लक्ष्य नेपालले चार बलमा पूरा गर्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको शृंखला अन्तिम खेलअगावै जितेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार