हावाहुरीसहतिको बेमौसमी वर्षाले मधेसको धानबालीमा क्षति

गएराति मधेसका विभिन्न जिल्लामा भएको बेमौसमी वर्षा र हावाहुरीले पाकेको धानसहितका विभिन्न अन्न बालीमा व्यापक क्षति गरेको छ ।

सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषासहितका जिल्लामा किसानले थन्क्याउन ठिक्क पारेको धान बालीमा सबैभन्दा नराम्रो असर पुगेको किसानले बताएका छन् । मधेसका सबैजसो जिल्लामा गएराति हावाहुरीसहित वर्षा भएको थियो ।

कतिपय किसानले काटेर खेतमै छाडेको धान पानीमा डुबेको छ भने काट्न बाँकी धान पनि हावाहुरीले खेतमै सोत्तर बनेको सञ्चारकर्मीसमेत रहेका रौतहटको चन्द्रपुरका सुब्बा कार्कीले बताए ।

धानबाहेक भर्खरै छरेको तोरी, चना, मुसुरोसहितका बालीमा पनि वर्षाले क्षति पुगेको किसानले बताएका छन् । हिजोअस्ती छरिएको तोरी चनासहितको खेतबालीमा पानी जमेको छ ।

तर, यो वर्षाले मंसिरमा पाक्ने धान, उखु, तरकारीसहितका बालीलाई भने फाइदा भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार