ओली सरकारविरूद्ध देशभरिबाट उत्रन आह्वान गर्छु, अदालतले मलाई न्याय दिन्छ: रवि (भिडियो)

सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका छन् । साथै उनले आफूलाई अदालतले न्याय दिने समेत बताएका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा रविले आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।

‘मलाई न्याय अदालतले दिन्छ, तर यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु,’ रविले भने, ‘मेरो लागि होइन, मलाई त अदालतले न्याय दिन्छ । अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्छ ।’

ओली सरकार रहेसम्म यस्तै ‘हर्कत’ गरिराख्ने पनि उनको भनाइ थियो । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार