४७.४४ अंकले घट्यो नेप्से, आठ अर्ब १८ करोडको कारोबार

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा बन्द भएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आठ अर्ब १८ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत बिहीबार सात अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

१८ कम्पनीको सेयर मूल्य आज बढेको छ । २२६ कम्पनीको सेयर मूल्य घटेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज इष्टर्न हाइड्रोवारको सेयर मूल्य १० प्रतिशतले घटेको छ । गुडविल फाइनान्सको सर्वाधिक ४५ करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको परिसूचक घटेको छ । म्युचुअलफ फण्ड समूहको परिसूचक भने स्थिर छ ।  

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार