कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय

सरकारले कतार सरकारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक जोडी हात्ती कतार सरकारलाई उपहार दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए । 

बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार