भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई स्पष्टीकरण साेध्ने एमालेकाे निर्णय

नेकपा (एमाले)ले भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले जग्गादानका विषयमा पार्टी निर्णयविरुद्ध बोलेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ । महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने पनि उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार