दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, चाँदीको पनि किर्तिमानी मूल्य

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार असोज २३ गतेयता सुनको मूल्य दैनिक बढ्दै गएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि, आइतबार एक लाख ६५ हजार रुपैयाँमा उच्च मूल्यमा कारोबार भएको थियो ।

असोज २३ गते एक लाख ५९ हजार १०० रुपैयाँबाट छापावाल सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन । त्यसपछिका कारोबार दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ ।

त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार