सितापाइलामा पार्किङ गरेर राखेको विद्युतीय कारमा आगलागी

काठमाडौंको सितापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । सोमबार बिहान बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो ।

अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । तार सर्ट भएर लागेको आगोले कार पूर्ण रूपमा क्षति भएको छ । कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ । घटनामा कुनै मानवीय क्षति नभएपनि कार पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार