नेप्से ५८ अंकले घट्यो, पाँच अर्ब ९० करोडको कारोबार

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५७.९९ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २.१४ प्रतिशत घटेर २६३९.९२ विन्दुमा बन्द भएको हो ।

२३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । २२१ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबारको तुलनामा सेयर कारोबार रकम पनि घटेको छ । आज पाँच अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार आठ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ प्रतिशतले वृद्धि भएको छ । ङादी ग्रुप पावरको सेयर मूल्य भने ९.२० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।  

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार