राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्न सरकारलाई विपक्षी दलको खबरदारी (पूर्णपाठसहित)

विपक्षी पाँच दलले सरकारलाई राजनीतिक दल सम्बन्धी अध्यादेश जारी नगर्न खबरदारी गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलले पार्टी विभाजनको प्रयोजनका लागि उक्त अध्यादेश जारी नगर्न सरकारलाई खबरदारी गरेका हुन् । 

ज्ञापनपत्रमा वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाई तीव्रता दिने विषयमा एक सय दिन पुग्न लाग्दा समेत कुनै प्रगति गर्न नसकेको उल्लेख छ । 

यस्तै सरकारबाट लोकतन्त्रलाई दुई ठुला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरूलाई विभिन्न ढङ्गले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार