विपदमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

गृह मन्त्रालयल अति भारी वर्षापछि आएको बाढी, पहिरो, डुबानलगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

गत असोजको दोस्रो साता आएको विपद्का घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति दुई लाखका दरले राहत रकम वितरण गरिएको हो ।

हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद्का घटनामा ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायतास्वरुप राहत रकम वितरण गरिएको जनाकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार