पोखरामा रास्वपाको विरोध प्रदर्शन आज पनि जारी

सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पाँच दिनदेखि विरोध जारी राखेको छ ।

बुधबार पोखराको सृजनाचोकबाट विरोध सुरु भएको हो । विरोधमा सहभागी रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘भ्रष्ट सरकार चाहिँदैन’लगायतका नारा लगाएका छन् । राष्ट्रभक्तीको गीत घन्काएर नाचेका छन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लगायत सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम लगेको आरोपमा शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।

शनिबार बिहान पोखरा ल्याएपछि रास्वपाको शक्ति पोखरा केन्द्रित भएको छ । शनिबार मानवअधिकार चोक, आइतबार शहिदचोकमा विरोध प्रर्दशन गरेका थिए ।

आइतबार रास्वपाका समर्थकले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेपछि दिनभर प्रहरीसँग धकेलाधकेल चल्यो । प्रहरीले पानीको फोहोरासँगै अश्रुग्याँस हानेको थियो । पछि भीड नाराबाजीसहित पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भयो ।

सोमबार पृथ्वीचोकबाट नयाँबजार हुँदै मानवअधिकारचोकमा पुगेर कोणसभा गरेको रास्वपाले मंगलबार सृजनाचोकदेखि पृथ्विचोकसम्म विरोध र्‍यायाली निकालेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार