प्रचण्डसहित विपक्षी नेताहरू राष्ट्रपति निवासमा

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा पुगेका छन् ।

सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन् ।

यसअघि सोमबार माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार