सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिने पक्राउ​

प्रहरीले सीआईबीका प्रमुखकै नाम र फोटो दुरुपयोग गरेर विभिन्न व्यक्तिहरूलाई धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१ ठूलो मिलचोकका ३० वर्षीय हेमकुमार खड्कालाई आइतबार पक्राउ गरेको हो ।

खड्काले मोबाइलको कलर आईडीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको नाम र फोटो राखेर धम्की दिएका थिए ।

उनले विभिन्न व्यक्तिलाई फोन गरेर धाकधम्की दिने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार