माल्दिभ्सको पोस्टमा १३ गोल गर्दै भुटान सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबारको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पाखा लगाएको हो ।

जितसँगै भुटान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाललाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भने श्रीलंकालाई नेपाल विरुद्ध जित निकाल्नैपर्ने आवश्यकता छ ।

भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेकोले नेपालले समूह बी को विजेता बन्न श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ । नेपालले श्रीलंकासँग बराबरी खेले वा ५ भन्दा कम गोलअन्तरमा विजयी भए भुटान समूह बी को विजेता बन्नेछ भने नेपाल उपविजेता बन्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार