छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी र सूर्यदर्शन सहकारीकी कर्मचारी लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जोशीलाई गत असोज ६ मा पक्राउ परेका थिए भने पछाईंलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूको म्याद थपबारे यस्तो आदेश गरेको हो ।

बिहीबार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानून व्यवसायीहरू युवराज पराजुली र वेदबहादुर विष्टले बहस गर्दै उनीहरूलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए ।

पछाईंमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार