राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर घर भई लमही नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको छ।

दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बिहीबार अपराह्न सवा ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन बालिकाको मृत्यु भएको खबर आएपछि प्रहरी पुगेको बताए। तीन जना बालिका बिहान खाना खाएर ११ बजेतिर नुहाउन भनेर राप्ती नदीमा गएका थिए।

नुहाउने क्रममा उनीहरू गहिरोमा पसेको अनुमान छ। तीनै जना बालिकाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार