जिपको ठक्करबाट अटो रिक्सामा सवार दुई जनाको मृत्यु

कपिलवस्तुमा जिपले अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा परी अटो रिक्सामा सवार बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको हो ।

बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा प्र ०१–०२९ च ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु १ ह ३०९२ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदै गर्दा र अर्का घाइते केवटलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा अटो चालक लोकबहादुर कुँवर, यात्रुहरू विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । घाइतेको चारै जनालाई उपचार गर्न बुटवलमा पठाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार