अफगानिस्तानमा राष्ट्रसंघको कार्यालयका सुरक्षा गार्डको गोली हानी हत्या

अफगानिस्तानको हेरात प्रान्तमा विद्रोहीको आक्रमणमा परेर एक अफगान सुरक्षा गार्डको मृत्यु भएको छ । सरकारी सेना र तालिवानी लडाकूबीच द्वन्द्व चलिरहेका बेला पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अघि आक्रमण भएको हो ।

२० वर्षदेखि आफगानिस्तानमा रहेको अमेरिकी सेना स्वेदश फिर्ता हुन थालेदेखि नै गत मे महिनादेखि तालिवानी लडाकूहरुले आफ्ना सैन्य गतिविधिलाई तीव्र पारेका छन् । जसका कारण देशभर हिंसात्मक गतिविधिहरु भइरहेको बताइएको छ । तालिवानीहरुले देशका २ तिहाइ भागमा आफ्ने नियन्त्रण रहेको बताउँदै आएका छन् ।

तालिवानीको सशस्त्र गतिविधिका कारण हजारौं नागरिक विस्थापित भएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले चिन्तासमेत व्यक्त गरेका छन् । उनीहरुले तत्काल वार्ताबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

यता तालिवानीहरुले भने विदेशी सेनामाथिको कारवाही जारी रहने भन्दै क्रस फायरमा अझै क्षति हुनसक्ने चतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अफगान सरकारले तालिवानीविरुद्धको कारवाही जारी राख्न ६० हजार भन्दा बढी सेना परिचालन गरेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार