सत्तारुढ दलको बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक डाकेका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो ।

अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो । आजको बैठकमा यही विषयमा छलफल हुने जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार