सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाली बजारमा सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँ कारोबार भएको थियो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार