रवि लामिछानेको पक्षमा रास्वपाको प्रदर्शन आजदेखि काठमाडौँमा (भिडियो)

सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाको काठमाडौं केन्द्रीत प्रदर्शन माइतीघरमा सुरु भएको छ ।

यसअघि पोखरामा आन्दोलनमा उत्रिएका रास्वपाका नेता तथा कार्यकर्ताहरु हिजोबाट काठमाडौंकेन्द्रित भएका छन् । पोखरामा आन्दोलन उठ्न नसकेपछि रास्वपाले रणनीति परिवर्तन गरेर आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको हो ।

लामिछानेलाई प्रहरीले भने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान थालेको छ । कास्कीमा अझै बयान बाँकी नै छ । त्यहाँ बयान सकिनेबित्तिकै रुपन्देही लगिने तयारी छ । रुपन्देहीको पनि बयान सकिएपछि काठमाडौंमा पनि बयानको लागि ल्याउने प्रहरीको तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार