सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले भन्यो: सरकार बदलिने हल्ला निरर्थक र भ्रमपूर्ण

सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले सरकार परिवर्तनको हल्ला निराधार भएको जनाएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अहिलेको सरकारमा कुनै समस्या नभएको विश्वास व्यक्त गरेको गृहमन्त्री रमेश लेखकले बताए ।

उनले भने, “सरकार बदलिन्छ भन्नु भ्रमपूर्ण कुरा हो, सत्तारुढ दलको बैठकले यसबारेमा दृढ विश्वास व्यक्त गरेको छ । सत्तारुढ दलको बैठक निरन्तर बस्ने र सरकारमा रहेका दलहरुका बीचमा छलफल र निरन्तरता दिने विषयमा कुरा भएको छ ।” उनले सत्ता साझेदार दलहरुबीच ११र१५दिनमा छलफल गरेर थप प्रभावकारी बनाउने सहमति भएको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार