माल्टा पठाइदिन्छु भनी ७ लाख बढी ठगी गरेको आरोपमा एक युवक पक्राउ

वैदेशिक रोजगारमा माल्टा पठाइदिने भन्दै ७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–१० घर भइ हाल काठमाडौंको मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्ले रहेका छन् । उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेको प्रहरीले जनाएको छ ।

विदेश नपठाई सम्पर्क विहीन भएका उनीविरुद्ध पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार