स्पेनिस ला लिगा: रियल मड्रिडमाथि बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडमाथि बार्सिलोनाले सानदार जित हात पारेको छ ।

गएराति बर्नमाउमा भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई ४–० को फराकिलो अन्तरले पाखा लगाएको हो ।

बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्कीले दुई तथा लामिन यमाल र राफिन्हाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भयो ।

खेलको ५४ औँ मिनेटमा मार्क कासाडोको पासमा लेवान्डोस्कीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । त्यसको दुई मिनेटमा नै एलेजान्ड्रोको पासमा लेवान्डोस्कीले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ७७ औँ मिनेटमा राफिन्हाको पासमा यामलको गोलमा बार्सिलोनाले ३–० को अग्रता बनायो । ८४ औँ मिनेटमा मार्टिनेजको पासमा राहिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए ।

रियलमाथिको जितसँगै बार्सिलोनाले अंक तालिकामा ६ अंकको स्पष्ट अग्रता बनाएको छ ।

फराकिलो अग्रताले बार्सिलोनाले उपाधि होडलाई थप बलियो बनाएको छ । लिगका ११ मध्य १० खेलमा जित र एक खेलमा हार भोगेको बार्सिलोना ३० अंकमा तालिकाको शीर्ष स्थानमा छ । ला लिगामा पहिलो हार व्यहोरेको रियलले ११ खेलमा ७ खेलमा जित, ३ खेलमा बराबरी र १ खेलमा हार भोग्दै २४ अंकमा दोस्रो स्थानमा छ ।

रियललाई भिल्लारियलले पछ्याइरहेको छ । समान खेलबाट २१ अंक बनाएको भिल्लारियल २१ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।

गएराति नै भएको खेलमा भिल्ला रियलले रियल भल्लाडोलिडलाई २–१ गोल अन्तरले पाखा लगायो । अर्को खेलमा रायो भालेकानोले डिपोर्टिभो अलाभेसलाई तथा लस पाल्मासले जिरोनालाई समान १–० गोलअन्तरले हरायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार