जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

नवलपुरमा जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् ।

गए राती देवचुली नगरपालिका २ दुम्कौलीका धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेको नवलपुर प्रहरीले जनाएको छ ।

च्याउ खाँदा २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी, ९ वर्षीया रिदिमा राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी र ४८ वर्षीय बाबुलाल राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेशी साहले जानकारी दिए ।

बिरामी सबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको र उनीहरू सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक साहले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार