सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच दिनसम्म सडक अवरुद्ध बनेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताए । उनका अनुसार पटक–पटक खस्ने सुक्खा पहिरोले जिल्लाको यातायात सेवा प्रभावित हुँदै आएको छ । पहिरो पन्छाउने काम भइरहेको उनले बताए । 

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए। लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ ।

पहिरो खस्दा लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार