उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य

नेपालका विजय सिञ्जालीले उसुको थाउलो विश्वकपमा ऐतिहासिक कास्य पदक जित्न सफल भएका छन् ।

जापानमा भइरहेको विश्वकपमा उनले थाउलोको चेनसु इभेन्टमा कास्य पदक जितेको नेपाल उसु महासंघले जनाएको छ ।

उनले कास्य जित्ने क्रममा ९.६३६ अंक जोडेका थिए । उनले प्रतिस्पर्धा गरेको इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा गर्दा मलेसियाका खेलाडीले ९.७७३ अंक जोड्दै स्वर्ण र जापानका खेलाडीले ९.७६६ अंकसहित रजत जित्न सफल भए ।

त्रिभुवन आर्मी क्लबका सिञ्जाली नेपाली राष्ट्रिय टोलीका खेलाडी समेत हुन् । उनले सन् २०१९ मा नेपालमा भएको साग गेम्समा स्वर्ण जितेका थिए ।

थाउलो विश्वमपा नेपालबाट विजयसहित ५ खेलाडी सहभागी छन् । जसमा विजयले मात्र हालसम्म पदक जितेका छन् । नेपालबाट विजयसँगै निमा घर्तिमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ सहभागी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार