नदीमा नुहाउन गएका ७ वर्षीय बालक बेपत्ता

बबई नदीमा नुहाउन गएका तीन जना मध्ये एक बालक बेत्तपा भएका छन् । घोराही उपमहागनरपालिका-५ का ७ वर्षीय निशान डाँगी बबई नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए ।

आइतबार बिहान १० बजेतिर तीन जना बालक बबई नदीमा नुहाउन गएका थिए । तीन मध्ये दुई जनाको स्थानीयले उद्धार गरेपनि एक जना बालक बगेर बेपत्ता भएको हो ।

ती बालकको खोजी भइरहेको एसपी तिमिल्सिनाले बताए। उनको खोजी गर्न प्रहरी खटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार