रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि रंगशालामा तनाव

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् ।

भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ ।

रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार