भारतको पोस्टमा साम्बाको गोल

साफ च्याम्पियनसिप अन्तर्गत आइतबार साँझ जारी नेपाल र भारतबीच अवरुद्ध बनेको सेमिफाइनल खेलमा नेपालले गोल गरेको छ।

नेपालका लागि सावित्रा भण्डारी साम्बाले गोल गरेकी हुुन्। यसअघि ६४ औं मिनेटमा भारत १–० ले अघि रहेको स्थितिबाट सुरु भएको थियो । भारतले गोल गर्नेवित्तिकै नेपालले पनि गोल गरेको थियो ।

तर त्यतिबेला भारतीय खेलाडीहरु गोलको खुशी मनाइरहेका कारण गोलकिपर र खेलाडीहरु मैदानमा थिएनन् ।

त्यसैले नेपालकी प्रिती राईले गरेको प्रहार सिधै भारतको पोस्टमा छिरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता नदिएपछि नेपालले खेल नखेल्ने अडान लिएको थियो । नेपाली खेलाडीहरुले खेल्न नमान्दा १ घण्टा ६ मिनेट खेल अवरुद्ध भएको थियो ।

अवरुद्ध खेल सुरु हुनेवित्तिकै प्रतिस्पर्धा सुरु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार