बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए

बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

प्युठानको वडडाँडा घर भएका मगर आफ्नै गञ्जी र टिर्सटको पासोमा झुन्डिएको अवस्थामा शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए । शौचालयको धारा खोलेर पानी भरेको जस्तो आवान निकालिएकाले समेत बाहिरका व्यक्तिले केही थाहा नपाएको उनको भनाइ छ ।

गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि सशस्त्र प्रहरीका जवान मगर र सहायक हवल्दार भरत रोका मगरले बलात्कार गरेको आरोप लागेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा बुझाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार