काठमाडौँको कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिलाको शव भेटियो

कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला भेटिएको छ ।

कीर्तिपुर नगरपालिका-२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ ।

महिलाले हातमा घडी र चुरा लगाएकी छन् । चप्पल, लुगालगायतका सामग्री पनि दुरुस्त अवस्थामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार