प्रस्तावित सर्वोच्चका दुई न्यायाधीश र बेल्जियमकी राजदूत लम्सालको सुनुवाइ कात्तिक १४ गते

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला, नित्यानन्द पाण्डे र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ हुने कात्तिक १४ (बुधबार) भएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आउँदो बुधबार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो ।

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ । सर्वोच्चमा सिफारिस निरौला उच्च अदालत पाटन र पाण्डे तुलसिपुर उच्च अदालतका मूख्य न्यायाधीश हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार