अख्तियार प्रमुखलाई सांसद्को प्रश्न: मीनबहादुले दिएको एमालेको दाने जग्गा भ्रष्टाचार हो कि होइन ?

पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाको विषय संसद्मा समितिमा पनि पुगेको छ । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले यस विषय उठाएका हुन् ।

सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी भएका अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई माओवादी सांसद दुर्गा राईले एमालेले लिएको उक्त जग्गा भ्रष्टाचारभित्र पर्छ कि पर्दैन भनेर प्रश्न गरेकी छन् ।

‘आज अख्तियार टिम यहाँ छ । दानदातब्यको कुरा के हो ? भ्रष्टाचार हो कि होइन ? १० रोपनी जग्गा दान लिएकोलाई एमनेस्टीले भ्रष्टाचार भनेको छ’, उनले भनिन् ।

व्यवसायी गुरुङले दान गरेको कीर्तिपुर नगरपालिकास्थित जग्गामा पार्टी कार्यालय शिलान्याससमेत भइसकेको छ । प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यसँगै व्यवसायी गुरुङ दम्पतीले दशैंको अष्टमीको दिन भवन शिलान्यास गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार