वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

झापाका एक वडाध्यक्षविरुद्ध सेवाग्राहीसँग घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा चलाएको छ ।

झापा जिल्ला बुद्धशान्ति गाउँपालिका–२ वडाध्यक्ष डिल्लीप्रसाद ओलीले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिएको ठहरिएपछि मुद्दा चलाएको हो । उनीविरुद्ध ८० हजार रुपैयाँ बिगो कायम गरी त्यही बराबर जरिवाना समेत असुल गर्र्नुपर्ने र कैद हुनुपर्ने दाबी पनि आयोगको छ ।

आयोगका अनुसार, सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी  कामका लागि घुस लिइसकेपछि आयोगले नियन्त्रणमा लिएको थियो । जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गराउने क्रममा घूस लिएका थिए ।

आयोगको अनुसन्धानबाट घुस लिएको ठहर भएको प्रमाणित भएको थियो । आयोगले मुद्दा चलाएसँगै वडाध्यक्ष ओली स्वतः निलम्बनमा पर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार