आइपिएल टिम लखनउ सुपर जाइन्टले आफ्ना कप्तान केएल राहुललाई रिटेन नगर्ने भएको छ ।
२०२२ देखि आइपिएल खेलिरहेको लखनउका उनी शुरुदेखि नै कप्तान थिए ।
आइपिएलको खेलाडी रिटेन गर्ने समय अक्टोबर ३१ नजिक आउदै गर्दा लखनउले निकोलस पुरन, मयंक यादव, रवि बिश्नोईसहित अनक्याप्ड खेलाडी मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार अन्तिम समयमा लखनउले रणनीति परिणत गरेमा अक्सनमा राहुललाई राइट टू म्याच कार्डबाट लिने बताइएको छ ।
लखनउको पाँच खेलाडीलाई रिटेन गर्दा करिब ५१ करोड घट्ने भएको छ । आइपिएलको महाअक्सनमा हरेक टिमलाई १२० करोडको पर्स दिइएको छ ।