नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने, तीन ठाउँबाट बिक्री गरिने

नेपाल र बंगलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको बुधबार (कात्तिक १४ गते) हुने फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बुधबार बिहान ८ बजेदेखि तीन ठाउँबाट टिक बिक्री गर्न लागिएको हो ।

एन्फाका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री हुने छ ।

एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनको भनाइ छ । प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

यस्तै, एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग टिकट बिक्री सम्झौता रद्ध गरेको छ । कात्तिक ११ गते आइतबार दशरथ रंगशालामा भएको सेमीफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको’ भन्दै एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता भंग गरेको हो ।

सम्बन्धित समाचार