तिहारपछिको पहिलो सेयर कारोबार : झिनो अंकले घट्यो नेप्से, ४ अर्ब बढीको कारोबार

तिहारपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक स्थिर छ । मंगलबार झिनो ०.२१ अंकले बजार घटेर २६७७.४० विन्दुमा बन्द भएको हो । तिहारअघिको कारोबार दिन २६७७.६२ विन्दुमा बजार बन्द भएको थियो ।

आज चार अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । तिहारअघि कात्तिक १४ गते पाँच अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ । १२४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार १४० रुपैयाँ ७० पैसामा कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये वाणिज्य बैंक, विकास बैंक, इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

परिसूचक सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ । यो समूहको परिसूचक १.०१ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार