नेकपा (एमाले) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने भएको छ ।
एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले तुलाधरको एकल नाम सिफारिस भएको जानकारी दिए ।
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा तुलाधर एमालेबाट उम्मेदवार भई रिजालसँग पराजित भएका थिए । रिजाल चार हजार १९ मतसहित विजयी हुँदा तुलाधरले तीन हजार तीन सय १० मत ल्याएका थिए ।