नेप्से १.८८ अंकले घट्यो, पाँच अर्ब २२ करोडकाे कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा १.८८ अंकले घटेको छ । अघिल्लो कारोबारमा स्थिर रहेको बजार आज घटेको हो । १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटाको भने स्थिर छ । 

यसदिन पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड १६ लाख कित्ता सेयर ५५ हजार २३८ पटकमा खरिद बिक्री भएको छ ।

बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो, पिपुल्स हाइड्रो, समृद्धि फाइनान्स, राप्ती हाइड्रोको सेयर उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।

उपसूचकतर्फ विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचअल फण्ड तथा व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन् । 

सम्बन्धित समाचार