इजरायलको राजदूतमा प्रा. धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार संविधानको धारा २८२ उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
१४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले सुनुवाइ सकेर ३ असोजमा नियुक्तिका लागि नाम अनुमोदन गरेको थियो ।